Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


सर्वोच्चमा प्रहरी नायब महानिरीक्षक सिलवालको मुद्दाको सुनुवाइ फेरि सर्‍यो


0
Shares

सात सदस्यीय न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शमसेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल र तेजबहादुर केसीको बृहत् पूर्ण इजलासमा सिलवालको मुद्दाको सुनुवाइ हुने कार्यसूचीमा उल्लेख भएपनि न्यायाधीश श्रेष्ठ प्रहरी नायब महानिरीक्षक सिलवालबीच नाता सम्बन्ध भएका कारण मुद्दा हेर्न नमिलेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए ।

नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयलाई लिएर सिलवालले मन्त्रिपरिषद्विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

यसअघि, वैशाख १९ गते अन्तिम सुनुवाइ हुने भनिएकोमा त्यसको दुई दिनअघि नै प्रधान्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि यो मुद्दा प्रभावित भइ सनुुवाइ हुन सकेको थिएन । रासस