
गोकर्णेश्वरको १ देखि ५ नम्बर वडासम्मको मतगणना सकिँदा प्रमुखमा कांग्रेसका सन्तोष चालिसेले पाँच हजार २७८ मत प्राप्त गरी अग्रस्थानमा छन् । एमालेका पुण्यप्रसाद चौलागाइँ चार हजार ४८६ मतका साथ दोस्रो स्थानमा छन् ।
उपप्रमुखमा कांग्रेसकी शान्ति नेपालले पाँच हजार २२९ र एमालेकी शान्ति श्रेष्ठले चार हजार ६३२ मत पाएको नगर निर्वाचन अधिकृत निर्मला शर्मा सुवेदीले राससलाई जानकारी दिइन् ।
नगरको वडा नम्बर–१, ३ र ५ मा कांग्रेसले वडाध्यक्ष जितेको छ भने २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र ४ मा एमालेले वडाध्यक्ष जितेको छ ।
९ ओटा वडा रहेको नगरपालिकाको अहिले ६ नम्बरको मतगणना भइरहेको छ ।
यसैगरी, बूढानीलकन्ठ नगरपालिकामा १० हजार ३४२ मत गन्दा प्रमुखमा एमालेका उद्धवप्रसाद खरेलले चार हजार १४३ मत ल्याइ अग्रस्थानमा छन् । कांग्रेसका राजु श्रेष्ठले दुई हजार ९७० मत पाएका छन् ।
माओवादीका रवीन अधिकारीले एक हजार ३०४ र राप्रपाका सानुकान्छा श्रेष्ठले ९५५ मत पाएको नगर निर्वाचन अधिकृत सुरेश नेपालले जानकारी दिए ।
उपप्रमुखमा एमालेकी रमादेवी राईले चार हजार ४५९, कांग्रेसकी सुभद्रा खड्काले तीन हजार ६४, माओवादीकी हेमा अधिकारीले एक हजार २४० मत पाएका छन् ।
नगरपालिकाका १३ ओटा वडामध्ये अन्तिमतिरबाट गन्दा हालसम्म १३, १२ र ११ गरी तीनओटा वडा सकी अहिले १० नम्बर वडाको गणना भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्