
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रञ्जितकुमार रानाले तीन हजार ६९८ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकै पार्वती राना तीन हजार ८०२ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निटकतम् प्रतिद्वन्द्वी कांग्रेसका मोमलाल दोङले तीन हजार ५३५ मत प्राप्त गरेकी छन् ।
हेटौंडा उपमहानगरपालिकाको मतगणनाकार्य जारी छ । नगरप्रमुखमा नेपाली कांग्रेसका आनन्दराम पराजुलीले चार हजार ६९३ र नेकपा एमालेका हरिबल महतले चार हजार २०९ मत प्राप्त गरेका छन् ।
यस्तै, उपप्रमुखमा एमालेका मीना लामाले चार हजार ४०६ मत तथा माओवादी केन्द्रका बलराम बलले तीन हजार २१६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्