२ असार २०८२, सोमबार | Tue Jun 17 2025


सिन्धुपाल्चोकको बाह्रबिसे नगरप्रमुखमा एमालेका शर्मा विजयी


0
Shares

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बालकृष्ण बस्नेतले चार हजार ७११ मत प्राप्त गरे ।

नगर उपप्रमुखमा एमालेकै सुशीला पाख्रिन पाँच हजार १५ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका लिला नेपालले चार हजार ८१३ मत प्राप्त गरिन् ।

सो नगरपालिकाको वडा नम्बर–१, २, ३, ४ र ९ मा नेपाली कांग्रेस तथा वडा नम्बर–५, ६, ७ र ८ मा नेकपा एमाले विजयी भएको छ ।

वडा नम्बर–१ को वडाध्यक्षमा कामी शेर्पा कांग्रेस, २ मा बमबहादुर तामाङ (कांग्रेस), ३ मा एकबहादुर भण्डारी (कांग्रेस), ४ मा ज्ञानेन्द्र श्रेष्ठ (कांग्रेस), ५ मा बेलबहादुर रोक्का (एमाले), ६ मा मोहनलाल श्रेष्ठ (एमाले), ७ मा मिनबहादुर श्रेष्ठ (एमाले), ८ मा सुरज लामा (एमाले) र वडा नम्बर–९ को वडाध्यक्षमा सानु लामा (कांग्रेस) विजयी भएका छन् । रासस