३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


मकवानपुरको थाहा नगरपालिका प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी


0
Shares

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णु ढकालले पाँच हजार ३७८ मत प्राप्त गरे ।

उपप्रमुखमा कांग्रेसका खड्ग गोपालीले पाँच हजार ६५० मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका कल्पना गोपालीले पाँच हजार ६०० मत प्राप्त गरिन् ।

थाहा नगरपालिकाको अहिलेसम्म मतगणना सम्पन्न भएका १० वडामध्ये पाँचमा माओवादी केन्द्र र पाँचओटामा एमाले विजयी भएको छ ।

सो नगरपालिकाको वडा नम्बर–१ को वडाध्यक्षमा हेरमान गोपाली (माओवादी केन्द्र), ३ मा राजेश केसी (माओवादी केन्द्र), ४ मा दीपकसिंह लामा (माओवादी केन्द्र), ५ मा विष्णुबहादुर गुरूङ (एमाले), ६ मा शशिधर सुवेदी (एमाले), ८ मा टीकाराम रूम्बा (माओवादी केन्द्र), ९ मा पर्शुराम श्रेष्ठ (माओवादी केन्द्र), १० मा हिराबहादुर गमाल (एमाले), किरणमान बल (एमाले) र वडा नम्बर–१२ मा मानबहादुर स्याङ्तान (एमाले) विजयी भएका छन् । रासस