ताप्लेजुङ । जिल्ला मालपोत कार्यालय ताप्लेजुङले आह्वान गरेको मोहियानी हक–दाबीमा न्यून संख्याको मात्र निवेदन परेको छ ।
पछिल्लो पटक हकदाबीका लागि तोकिएको निर्धारित समयमा ९ जनाले मात्रै निवेदन दिएको कार्यालयले जनाएको छ ।
मालपोतको श्रेस्तामा भने १ सय ५२ मोही देखिएका छन् । पर्याप्त सूचना गर्दागर्दै पनि कम निवेदन आएको मालपोत अधिकृत भगिमान मादेनले बताए ।
भूमिसुधार मन्त्रालयले २०७४ सालयता तीन पटक मोहियानी दाबी गर्ने व्यक्ति र जग्गा मालिक दुवैले निवेदन दिने गरि सुचना प्रकाशित गरेको थियो । अघिल्लो पटक ४४ जनाले निवेदन दिएका थिए ।
तीमध्ये १२ वटाको फस्र्योट गरिएको छ भने अन्य प्रक्रियामा छन् । पछिल्लो पटक परेका निवेदन पनि फस्र्योटको प्रक्रियामा छन् ।
मन्त्रालयले यसै आर्थिक वर्षमा टुंग्याउने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्