
वडाध्यक्षमा देवेन्द्र महर्जनले ८०७ तथा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अच्यूत अधिकारीले ५८४ मत प्राप्त गरेका छन् ।
सदस्यमा चन्दिका श्रेष्ठ, बच्छी सर्केनी, रामकृष्ण श्रेष्ठ र सुरेन्द्र केसी विजयी भएका छन् ।
प्रमुखको मतगणनामा हालसम्म कांग्रेसका घनश्याम गिरीले सात हजार २४९ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने एमालेका प्रह्लाद कार्कीले चार हजार ९५० मत प्राप्त गरेका छन् ।
हालसम्म उपप्रमुखमा कांग्रेसका इन्द्रावती श्रेष्ठले पाँच हजार ८९६ र एमालेका लीसा नकर्मीले पाँच हजार ५६६ मत प्राप्त गरेको निर्वाचन कार्यालयका कम्प्युटर अधिकृत दिवस भट्टराईले जानकारी दिए ।
कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो ।
नगरपालिकामा १५ वडा रहेकामा अहिले ८ र १० वडाको मतगणना जारी छ । रासस
प्रतिक्रिया दिनुहोस्