वालिङ नगरपालिका प्रमुख–उपप्रमुखमा कांग्रेस उम्मेदवारको जित « Image Khabar


वालिङ नगरपालिका प्रमुख–उपप्रमुखमा कांग्रेस उम्मेदवारको जित


Imagekhabar
४ जेष्ठ २०७४, बिहीबार २१:०५

१० हजार ६ सय मतसहित कांग्रेसका दिलीपप्रताप खाँण प्रमुख पदमा विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका पुण्यप्रसाद अर्यालले ८ हजार सात सय ४९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा कांग्रेसकी कल्पना तिवारी ९ हजार ८९५ मत ल्याएर विजय भएकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी खगीसरा थापाले ९ हजार ३५७ मत प्राप्त गरेकी छन् ।

कुल १४ ओटा वडा रहेको वालिङ नगरपालिकामा कांग्रेस प्रमुख र उपप्रमुखसहित सातओटा वडामा विजयी भएको छ भने एमाले पनि सात वडामा विजयी भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्