१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


फक्स न्यूजका सम्पादक रोजर एलिसको निधन


0
Shares

७७ वर्षीय एलिसको निधनको कारण नखुलाइए पनि गत हप्ता लडेर घाइते भएका उनी कोमामा थिए । दुई दशक फक्स न्यूजमा प्रमुखको भूमिका निर्वाह गरेका उनी गत वर्षमात्रै जिम्मेवारीबाट अलग भएका थिए ।

सञ्चार क्षेत्रमा दरिलो आवाज स्थापना गर्न उनको योगदान रहेको छ । फक्स न्युजको मातृसंस्था ट्वान्टी फस्र्ट सेन्चुरी फक्सका प्रमुख रुपेट मर्डकले अमेरिकाको सञ्चार क्षेत्रलाई व्यवस्थित गराउन उनको ठूलो भूमिका रहेको प्रतिक्रिया दिएका छन् । (एजेन्सी)