बागलुङको जैमिनीमा नेपाली कांग्रेस विजयी

उपप्रमुखमा भने नेकपा एमालेबाट लीला राना चार हजार ७४० मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कौशीलादेवी विकले चार हजार ६४८ मत प्राप्त गरिन् ।
जैमिनी नगरपालिकाको परिणामसँगै बागलुङका सबै स्थानीय तहको मतगणना सकिएको छ ।
नेपाली कांग्रेस जैमिनीसहित गलकोट नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा विजय हासिल गरेको छ । नेकपा एमालेले बागलुङ नगरपालिका, बुर्तिबाङ नगरपालिका, काठेखोला गाउँपालिका र बडीगाड गाउँपालिकामा जितेको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रले ताराखोला गाउँपालिका र राष्ट्रिय जनमोर्चाले बरेङ गाउँपालिकामा विजयी हासिल गरेको छ ।
नेपाली कांग्रेसले चार उपप्रमुख, एमालेले दुई उपप्रमुख, राष्ट्रिय जनमोर्चाले दुई, माओवादी केन्द्रले एक र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक उपप्रमुख पद जितेको छ । (रासस)