सिन्धुलीको दुधौलीमा एमाले, सुनकोसी गाउँपालिकामा माओवादी विजयी « Image Khabar


सिन्धुलीको दुधौलीमा एमाले, सुनकोसी गाउँपालिकामा माओवादी विजयी


Imagekhabar
५ जेष्ठ २०७४, शुक्रबार १४:२९

एमालेका घनश्याम राउतले ८ हजार ५९८ मत प्राप्त गरी प्रमुखमा विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिनेश अधिकारी दनुवारले ८ हजार २२३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा एमालेकै बालकुमारी अधिकारी दनुवारले ८ हजार ७४० मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चेतनारायण अधिकारीले ८ हजार २१४ मत प्राप्त गरेका छन् ।

दुधौली नगरपालिकामा १४ वडामध्ये वडा नम्बर–१ मा गोविन्द पहाडी, ५ मा चन्द्रकिशोर थारु, ७ मा कुमार बस्नेत र १३ मा मिलन सुनुवार कांग्रेसको प्यानल विजयी भइसकेकोे छ ।

वडा नम्बर–२ मा रतेश राउत, ३ मा साने धामी, ४ मा दुर्गा राउत, ८ मा मोहनचन्द्र दाहाल, १२ मा बाघसिंह पाख्रिन र १४ मा एमालेका लीलाबहादुर थापाको प्यानल विजयी भएको छ ।

वडा नम्बर–६ मा लालबहादुर घिसिङ, ९ मा देवप्रसाद अधिकारी, १० मा दुर्गाबहादुर देवकोटा र ११ मा कुमार लामा माओवादी केन्द्रका विजयी भएको दुधौली नगरपालिकाका निर्वाचन अधिकृत नुरहरि खतिवडाले जानकारी दिए ।

यस्तै, सुनकोसी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका दीपा बोहराले तीन हजार ४३३ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कपिल कोइरालाले तीन हजार २१२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकै दीर्घसिंह मोक्तानले तीन हजार ४५४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका शान्ता कार्कीले तीन हजार २६८ मत प्राप्त गरेकी छन् ।

यस्तै, सुनकोसी गाउँपालिकाका ७ वडामध्ये नेपाली कांग्रेसले दुईओटा वडा, एमालेले तीनओटा वडा र माओवादी केन्द्र दुई वडामा विजयी भएका छन् ।

वडा नम्बर–१ मा कांग्रेसका विमलमान मोक्तान, वडा नम्बर–३ मा पनि कांग्रेसकै रामचन्द्र आचार्यको प्यानल विजयी भएको छ भने वडा नम्बर–२ मा एमालेका भोजकुमार सिंजाली, वडा नम्बर–४ मा एमालेकै शंकर जर्गामगर र वडा नम्बर–६ मा पनि एमालेकै लक्ष्मीप्रसाद तिमल्सिनाको प्यानल विजयी भएको छ ।

त्यस्तै, वडा नम्बर–५ मा माओवादी केन्द्रका सन्तोष ढकाल, वडा नम्बर–७ मा सोही पार्टीका लालबहादुर गोलेको प्यानल विजयी भएको सुनकोसी गाउँपालिकाका निर्वाचन अधिकृत किरण रुपाखेतीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्