३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


मकवानपुरको राक्सीराङमा कांग्रेस, मनहरी गाउँपालिकामा एमाले विजयी


0
Shares

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापामगरले दुई हजार ९४४ मत प्राप्त गरेका छन् ।

उक्त गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसका निर्मला हिमडुङले तीन हजार ५३५ मत प्राप्त गरी विजयी भएकी छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका सुन्तलीमाया प्रजाले दुई हजार ९५० मत प्राप्त गरेकी छन् ।

यसैगरी, मनहरी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका एकराज उप्रेतीले चार हजार ६४९ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शंकर न्यौपानेले चार हजार ३४० मत प्राप्त गरेका छन् ।

उक्त गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेका मनिला विष्टले चार हजार ६३१ मत प्राप्त गरी विजयी भएकी छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमला कार्कीले चार हजार १४७ मत प्राप्त गरेकी छन् ।

मकवानपुर जिल्लामा ८ गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, सदस्य र थाहा नगरपालिकाको प्रमुख उपप्रमुख, वडाध्यक्ष, सदस्यको मतगणनाको परिणाम घोषणा भइसकेको मकवानपुरका जिल्ला निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले जानकारी दिएका छन् ।

हेटौंडा उपमहानगरपालिकाको मतगणनाकार्य अहिले पनि जारी रहेको र दुई/तीन दिनभित्रै निर्वाचन परिणाम घोषणा हुनसक्ने सम्भावना रहेको मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले बताए ।

पछिल्लो मतपरिणामअनुसार जिल्लामा एमालेले गाउँपालिका अध्यक्ष/प्रमुखमा पाँच र उपाध्यक्ष/उपप्रमुखमा सात स्थानमा जित हासिल गरेको छ ।

यस्तै, नेपाली कांग्रेसले अध्यक्ष प्रमुख पदमा दुई, उपाध्यक्ष/उपप्रमुखमा दुई स्थानमा विजय प्राप्त गरेको छ ।

यसैगरी, नेकपा माओवादी केन्द्रलेले थाहा नगरपालिकाको प्रमुखमा एक र बागमती गाउँपालिकाको अध्यक्षमा एक गरी दुई स्थानमा विजय हासिल गरेको छ ।

मकवानपुर जिल्लामा ८ गाउँपालिका र थाहा नगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ । रासस