३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


कीर्तिपुर नगरपालिका प्रमुखमा एमालेका महर्जन विजयी


0
Shares

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजकुमार नकर्मीले ६ हजार ६१६ मत प्राप्त गरेका छन् ।

उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार सरस्वती खड्का ६ हजार ८१० मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विमला विष्टले ६ हजार ४३ मत प्राप्त गरेकी छन् ।

चन्द्रागिरि–१० र ११ मा एमाले समूह विजयी
चन्द्रागिरि नगरपालिकाको पछिल्लो मतगणनाअनुसार वडा नम्बर–१० र ११ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

वडा नम्बर–१० को वडाध्यक्ष पदमा गोपालकृष्ण महर्जनले ६९९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पञ्चबहादुर महर्जनले ४७८ मत प्राप्त गरेका छन् ।

सदस्यमा सीता महर्जन, कान्छी नेपाली, मनोजकुमार महर्जन र भेषनाथ उपाध्याय निर्वाचित भएका छन् ।

वडा नम्बर–११ को वडाध्यक्ष पदमा हरिभक्त महर्जन ३५७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गौतम श्रेष्ठले ३१४ मत प्राप्त गरेका छन् ।

सदस्यमा कृष्णदेवी महर्जन (प्रजापति), राधिका मिजार सार्की, पूर्णगोपाल श्रेष्ठ र तीर्थराज काफ्ले निर्वाचित भएका छन् ।

प्रमुखको मतगणनामा हालसम्म कांग्रेसका घनश्याम गिरीले ८ हजार ८४१ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने एमालेका प्रह्लाद कार्कीले ६ हजार ३०४ मत प्राप्त गरेका छन् ।

हालसम्म उपप्रमुखमा कांग्रेसका इन्द्रावती श्रेष्ठले सात हजार ३१३ र एमालेका लीसा नकर्मीले सात हजार ५५ मत प्राप्त गरेको निर्वाचन कार्यालयका कम्प्युटर अधिकृत दिवस भट्टराईले जानकारी दिए । रासस