३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


दोस्रो चरणको निर्वाचनः जेठ १९ गते मनोनयन दर्ता, यस्तो छ कार्यतालिका (भिडियो)


0
Shares

आयोगले निर्वाचन कार्यक्रम तालिकाअनुरुप कार्य अघि बढाइरहेको छ । निर्वाचन कार्यतालिकाअनुसार यही जेठ १९ गते उम्मेदवारहरुको मनोनयनपत्र दर्ता गरिनेछ भने २१ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

त्यस्तै, जेठ २२ गते अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनका लागि कर्मचारीहरु खटाउने, तालिम दिने, नयाँ निर्वाचन अधिकृतहरु नियुक्त गर्ने काम भइरहेको जानकारी दिए ।

पहिलो चरणको निर्वाचनमा देखिएको मतदाता शिक्षाको कमजोरीलाई यसपालि न्यूनीकरण गर्ने उद्देश्यबाट मतदाता शिक्षा कार्यक्रम अघि बढाइने मैनालीको भनाइ छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्