काठमाडौं–२७ मा एमाले उम्मेदवारको जित « Image Khabar


काठमाडौं–२७ मा एमाले उम्मेदवारको जित


Imagekhabar
५ जेष्ठ २०७४, शुक्रबार २०:१०

एमालेका चिनियामान महर्जनले एक हजार ५६८ मत ल्याइ वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेश खड्कीले एक हजार ३५८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, महिला सदस्यमा उर्मिला महर्जन, खुला सदस्यमा रमेशमान महर्जन र परिवेशमान महर्जन निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

यस वडामा दलित महिलाको उम्मेदवारी परेको थिएन । यस वडामा तीन हजार सात सय ७५ मत खसेकोमा ९९ मत बदर भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्