२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


भरतपुर महानगरपालिकाको मतगणना रोकियो, कांग्रेस–माओवादी विरोधमा उत्रिए


0
Shares

माओवादी केन्द्रको जिल्ला संयोजक घनश्याम दाहालले महानगरपालिका–९ मा मतगणनाकाक्रममा आफ्नो मत गडबड गरिएपछि विरोध गरेको बताए ।

उनले यसअघि गणना गरिएका वडा नम्बर–४ र ७ मा पनि गडबड भएको भन्दै नसच्याएसम्म गणना अघि बढ्न नहुने बताए ।

प्रमुख र उपप्रमुख पदमा माओवादी केन्द्रसँग मिलेको नेपाली कांग्रेसले पनि गणनामा शंका लागेको भन्दै विरोध जनाएको छ ।

यता, सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले गणनामा कुनै त्रुटि नरहेको बताए ।

कांग्रेस र माओवादीले गणनास्थल र बाहिर नाराबाजी गरेका थिए । भरतपुर महानगरपालिका–१ देखि ९ सम्मको मतगणना सम्पन्न भएको छ । वडा नम्बर–१० को गणना हुँदै गर्दा रोकिएको हो ।

हालसम्म नेकपा एमालेले पाँच वडा र नेपाली कांग्रेसले चार वडामा विजयी हासिल गरेका छन् ।

प्रमुख पदमा नेकपा एमालेका देवीप्रसाद ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालबीच कडा प्रतिस्पर्धा भएको छ । रासस