४ असार २०८२, बुधबार | Wed Jun 18 2025


२ सय ५६ स्थानमा कसको कति सिट ? भक्तपुरमा नेमकिपाको बर्चस्व


0
Shares

मतगणनाको प्रारम्भमा देखिएको दुई दलबीचको प्रतिस्पर्धा मतगणना अन्तिम चरणतिर पुग्दै गर्दा पनि कायमै छ ।

अहिलेसम्म घोषित २ सय ५६ स्थानको मतपरिणाम अनुसार नेकपा एमालेले १ सय ५ स्थानमा जित हासिल गरेको छ ।

यसैगरी नेपाली काँंग्रेसले ९९ स्थानमा जित हात पार्दा माओवादी केन्द्रले ४५ स्थानमा जित दर्ता गरेको छ ।

नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँशक्तिले एक–एक स्थानमा जीत हात पारेका छन् ।

त्यसैगरी ती।न वटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

पछिल्लो परिणामअनुसार भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापति भारी मत ल्याउदै विजयी भएका छन् ।

प्रजापतिले २५ हजार ५ सय ६८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कसुलाले ६ हजार ५ सय ३२ प्राप्त गरे ।

भक्तपुको उपप्रमुखमा पनि मजदुर किसान पार्टीकै रजनी जोशी २५ हजार ६ सय ६० मतसहित विजयी भएकी छन् । नगरका १० वटै वडामा सोही पार्टीले कब्जा जमाएको छ ।