३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


काठमाडौं महानगरमा ४० हजार मतगणना, एमालेको अग्रता कायमै


0
Shares

महानगरपालिका प्रमुखमा नेकपा(एमाले)का विद्यासुन्दरसुन्दर शाक्य १२ हजार नौ सय ८२ मत ल्याएर अगाडि छन् ।

त्यस्तै नेपाली काँग्रेसका राजुराज जोशीले आठ हजार नौ सय १२, विवेकशील पार्टीकी रञ्जु न्यौपानेले पाँच हजार एक सय ८९ र साझा पार्टीका किशोर थापाले तीन हजार ६२ मत प्राप्त गरेकी छन् । नेकपा (माओवादी केन्द्र)का सर्वोत्तमदास डङ्गोलले भने एक हजार चार सय तीन मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले ११ हजार पाँच सय १० र राप्रपाका राजाराम श्रेष्ठले छ हजार छ सय ५१ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म कामपामा लगभग ४० हजार मतगणना भएको प्रमुख निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए । मतगणना १, २, २७ र २८ वडाको सम्पन्न भएको र १३ स्थानको जारी रहेको बताइएको छ । रासस