 
	    जिल्ला सदरमुकाम सिन्धुलीमाडीमा अवस्थित कमलामाई नगरपालिकाको प्रमुख, उपप्रमुख वडाअध्यक्ष तथा सदस्यहरुको निर्वाचनमा विजयी भएका ७२ जना जनप्रतिनिधिले सपथ र पद बहाली गरेका हुन् ।
सिन्धुलीस्थित मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश परशुराम भट्टराईले कमलामाई नगरपालिकाका नवनिर्वाचित प्रमुख खड्गबहादर खत्री, उपप्रमुख मन्जु देवकोटा तथा १४ वडाका वडाअध्यक्षलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
सिन्धुलीको कमलामाई नगरपालिकाका लागि नवनिर्वाचित प्रमुख खड्गबहादर खत्री, उपप्रमुख मन्जु देवकोटा लगायतका वडा अध्यक्ष तथा सदस्यहरुले पद बहाली गरी कार्य सञ्चालनसमेत गरेका छन् ।
सिन्धुलीका दुई नगरपालिका र सात गाउँपालिका गरी कुल ९ वटा स्थानीय तहका लागि दुई प्रमुख, दुई उपप्रमुख, सात अध्यक्ष, सात उपाध्यक्ष, ७९ वडाध्यक्ष, ३ सय १६ वडा सदस्यहरु पहिलो चरणको निर्वाचनबाट निर्वाचत भएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्