३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


भरतपुरमा १० बुँदे समझदारी, मत गणना सुरु


0
Shares

मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजोदेखि मतगणना बहिस्कार गरेपछि आज बसेको सर्वदलीय बैठकमा १० बुँदे समझदारी भएसँगै मतगणना पुनः सुरु भएको हो ।

सर्वदलीय बैठकले मतगणनालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने सम्बन्धमा सहमति गरेको हो ।

त्यसैगरी प्रमुख निर्वाचन आयुक्तले एकजना सूचना अधिकृत तोकी निजले एकद्वार प्रणाली अन्तर्गत मात्र सूचना सम्प्रेषणको व्यवस्था गर्ने सहमति भएको छ ।

भरतपुर महानगरको पछिल्लो मत परिणामा अनुसार एमालेका उम्मेदवार देवी ज्ञवाली अग्रस्थानमा छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहाल दोस्रो स्थानमा रहेकी छन् ।