३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


कैलाली र कञ्चनपुरका लागि ४४ वटा चुनाव चिह्न भएको मतपत्र


0
Shares

क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालले कैलालीका हकमा उक्त मतपत्रमा मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारका लागि १९ चुनाव चिह्न र स्वतन्त्र उम्मेदवारका बाँकी २५ चिह्नको व्यवस्था गरिएको जानकारी दिए ।

सात नम्बर प्रदेशकै बाजुरा र डोटीका लागि तयार पारिएको मतपत्र सबैभन्दा सानो आकारको छ जसमा १८ चुनाव चिह्न रहेका छन् ।

मतदाता शिक्षाका लागि कैलालीमा पुनः ४ सय ९० स्वयम्सेवी परिचालन गरिएको छ ।

सात नम्बर प्रदेशमा तराईका कैलाली र कञ्चनपुर तथा पहाडी क्षेत्रका डोटी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुला जिल्ला पर्छन् ।