२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


लोप हुँदै ढुंगेधारा (भिडियो)


0
Shares

अमी राई र राजेन्द्र नापित (इमेज)

काठमाडौं, फागुन १ । काठमाडौं उपत्यकाको मौलिक पहिचानकारुपमा ढुंगेधारालाई लिन सकिन्छ ।

विगतमा उपत्यकावासीको जीवन पद्धतिसँग गाँसिएको ढुंगेधारा बढ्दो सहरीकरण र संरक्षणको अभावमा दिन–प्रतिदिन हराउँदै जान थालेका छन् ।

उपत्यकामा खानेपानीको समस्या चुलिँदै जाँदा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका ढुंगेधाराहरू भने लोप हुँदैछन् ।

बढ्दो जनसंख्या र अव्यवस्थित बस्ती विकासका कारण परम्परागत प्रविधि र कलात्मक शैलीमा निर्माण गरिएका ढुंगेधाराहरू भत्काइएका पनि छन् । केही संरक्षण र जीर्णोद्धारको अभावमा पुरिएका छन् ।

काठमाडौं उपत्यकामा ३३ भन्दा बढी ढुंगेधारा पूरै लोप भइसकेका छन् ।

पछिल्लो समय प्रविधिमा आएको परिवर्तनसँगै ढुंगेधाराको उपयोगमा कमी आएको देखिन्छ  ।

कतिपय ढुंगेधाराहरु घर, बाटो बनाउँदा पुरिए भने, डिप बोरिङका कारण पनि पानीको मूल नै सुक्दा कतिपय ढुंगेधारा सुकिसके ।

काठमाडौंमा पानीको विकराल समस्या छ र पनि क्षतिग्रस्त ढुंगेधाराको उत्खनन्को प्रयास भएको छैन ।

सम्बन्धित निकाय र सरोकारवालाहरूले चासो नदिँदा उपत्यकाका धेरै ढुंगेधाराहरू लोप हुँदैछन् ।

कलात्मक शैलीमा सुन्दर आकृति कुँदिएका परम्परागत ढुंगेधाराहरू संरक्षण गर्न नसक्दा कतिपय लोप भइसकेका छन् भने कतिपय जीर्ण अवस्थामा छन् ।

ढुंगेधारा ऐतिहासिक र सांस्कृतिक धरोहर भएकाले पनि यिनको संरक्षणमा सम्बन्धित पक्षको चासो र पहल हुनुपर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्