
शनिबार राजधानीमा आयोजित साक्षात्कारमा उनले ‘मधेसवादी दल र प्रतिपक्षी दुबैको मागलाई सम्बोधन गरेर दोस्रो चरणको निर्वाचन गर्नु अहिलेको राष्ट्रिय आवश्यकता हो’–भने ।
पहिलो चरणको निर्वाचनमा जनताको मत कम ल्याएपनि निर्वाचन सम्पन्न गराएकोमा माओवादी हर्षित रहेको उनको भनाइ थियो ।
साक्षात्कारमा राष्ट्रिय जनता पार्टी नेपालका नेता महेन्द्रराय यादवले सांविधान संशोधन नभएसम्म मधेसवादी दललाई निर्वाचनमा जाने अप्ठ्यारो रहेको बताए ।
यस्तै, एमाले नेता रघुवीर महासेठले संविधान संशोधन आन्तरिक विषय भएकाले निर्वाचनलाई संशोधनसँग जोड्न नहुने बताए ।
उनले जनताको समर्थन जुटाउन निर्वाचनमा जान मधेसवादी दलहरुलाई आग्रह पनि गरे ।
प्रतिक्रिया दिनुहोस्