
पछिल्लो मतपरिणामअनुसार प्रमुखमा कांग्रेसका उपेन्द्र कार्कीले चार हजार ७९० र एमालेका कृष्णहरि थापाले चार हजार ४६२ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत प्रकाश कोइरालाले राससलाई जानकारी दिए ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका महेश्वर फुयाँलले एक हजार ९३९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले ५९६ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेकी विन्दु सिम्खडाले चार हजार ७८२, कांग्रेसकी अनिता अधिकारीले चार हजार ७२९, माओवादीकी रुकु रणपालले एक हजार ४४९ र राप्रपाकी कुस्मा नगरकोटीले ७१८ मत प्राप्त गरेका छन् ।
नगरपालिकाका १ देखि ५ नम्बर वडासम्मको मतगणना सम्पन्न भएर अहिले वडा नम्बर–६ को मतगणना भइरहेको छ ।
वडा नम्बर–१, ३ र ५ मा एमाले तथा वडा नम्बर–२ र ४ मा कांग्रेसले वडाध्यक्ष तथा सदस्य पदमा विजय हासिल गरेको नगर निर्वाचन कार्यालयले जनाएको छ ।
९ वडा रहेको नगरपालिकामा शनिबार रातिसम्म मतगणना सकी परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृत कोइरालाले बताए । रासस
प्रतिक्रिया दिनुहोस्