४ असार २०८२, बुधबार | Wed Jun 18 2025


काभ्रेको नमोबुद्ध नगरपालिका प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवार विजयी


0
Shares

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कुनसाङ लामाले चार हजार ९६१ मत ल्याए ।

त्यस्तै, उपप्रमुखमा पनि नेकपा एमालेकै रामदेवी तामाङले पाँच हजार १४७ मत ल्याइ विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कमला खनालले चार हजार ४११ मत ल्याइन् ।

त्यसैगरी, उक्त नगरपालिकाको वडा नम्बर–११ मा नेकपा एमालेको पूरै समूह विजयी भएको छ ।

उक्त वडाको वडाध्यक्षमा नेकपा एमालेबाट कृष्णबहादुर तामाङ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सानुबाबु तामाङले ३८५ मत ल्याए । रासस