
काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विरोधमा राजधानी काराकसमा विपक्षीहरुले प्रदर्शन गरेका छन् ।
विपक्षी नेता हुँवा गोइदोका लाखौं समर्थकले राष्ट्रपतिलाई सत्ता छोड्न दबाब दिँदै प्रदर्शन गरेका हुन् ।
उनीहरुले राष्ट्रपति मादुरोलाई तत्काल सत्ता छाड्न र दातृ निकायले दिएको मानवीय सहयोग भित्रिन दिन माग गरेका छन् ।
प्रदर्शनको नेतृत्व विपक्षी नेता हुँवा गोइदोले नै गर्दै आएका छन् । काराकसमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै विपक्षी नेता गोइदोले विरोध प्रदर्शन जारी राख्न निर्देशन दिए । उनले भेनेजुएलामा निष्पक्ष निर्वाचन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरे ।
यसैबीच राष्ट्रपति मदुरोले भने अमेरिकी हस्तक्षेपको निन्दा गर्दै अन्तर्राष्ट्रिय समुदायसमक्ष सहयोगको अपील गरेका छन् ।
उनले शान्तिपूर्वक बाँचेको देशमा अमेरिकाले हस्तक्षेप गरेर आतंक सिर्जना गरेको आरोप लगाए । आन्तरिक मामिलामा हस्तक्षेप नगर्नसमेत उनले अमेरिकालाई चेतावनी दिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्