
त्यहाँ बैशाख ३१ गते बुथ कब्जा गर्न आएको भन्दै प्रहरीले हानेको गोली लागेर एक जनाको मृत्यु भएपछि मतदान रोकिएको थियो ।
मतदान विहान ७ बजेबाटै भइरहेको हो । बुथ कब्जा गर्न लागेको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेको झडप हुँदा प्रहरीको गोली लागेर दोलखाका नकुल भुजेलको मृत्यु भएको थियो भने ७ जना घाईते भएका थिए ।
यसैगरी, कालिकोटको नरहरिनाथ गाउँपालिकामा पनि मतदान भइरहेको छ । चुनावका बेला झडप हुँदा कालिकोटमा पनि एक जनाको मृत्यु भएपछि मतदान रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्