२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


चोरी शिकारी रोक्न लाङटाङमा आजबाट ‘महाहन्ट अप्रेसन’सुरु


0
Shares

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जले वनजन्य अवैध कार्य रोक्न आजबाट निकुञ्ज क्षेत्रभित्र ‘महाहन्ट अप्रेसन’ सुरु गरेको छ ।

हिउँदको समयमा वन्यजन्तु तथा वनस्पतीजन्य जडिबुटीको चोरी शिकारी बढी हुने भएकाले आजबाट चार महिनासम्म निकुञ्ज क्षेत्रमा अप्रेसन गर्न लागिएको हो ।

दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण गर्न पाँचौ पटक अप्रेसन गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिए ।

लाङटाङ राष्ट्रिय निकुञ्जभित्र विश्वमै दुर्लभ वन्यजन्तु हिम चितुवा, रेडपाण्डा र कस्तुरी मृग पाइन्छन् ।

अभियानले निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण गर्न टेवा पुग्ने जनाइएको छ ।

हिमाली निकुञ्जका उच्च स्थानमा पुगी नेपाली सेनाले अप्रेसनमा घुम्ती गस्ती, स्वीपिङ तथा क्यापिङ अप्रेसन, एम्बुस, आकस्मिक खानतलासीलगायतका काम गर्ने छ ।

नियमित सुरक्षाका अतिरिक्त महाहन्टमा विशेष सुरक्षा फौजले निकुञ्ज कर्मचारी, सरोकारवाला संरक्षणमा सम्बद्ध निकायसँग समन्वय गरी निकुञ्जको विशेष सुरक्षा गर्ने बताइएको छ ।

यो निकुञ्जमा हजारभन्दा बढी किसिमका वनस्पति, ४६ प्रकारका स्तनधारी जनावर, २ सय ५० भन्दाबढी प्रजातिका पन्छी, ११ प्रकारका सरिसृप, ३० जातका माछा, १० किसिमका माकुरा र ५८ प्रजातिका पुतली पाइन्छन् ।