२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सेतीमा बगेर बेपत्ता भएका युवक मृत फेला


0
Shares

व्यासनगरपालिका– ५ बेतनी दुलेपहाड स्थानबाट नदी तर्ने क्रममा ऋषिङ् गाउँपालिका– १ निवासी २६ वर्षीय देउबहादुर थापाको मृत्यु भएको हो ।

दमौलीबाट घर जान हिँडेका चार जनामध्ये थापा अगाडि गएको र नदी तर्नै लाग्दा ढुङ्गाबाट चिप्लेर पुनः नदीमा खस्दा पानीको भेलमा परी बगाएको स्थानीयवासी वीरबहादुर थापाले जानकारी दिए ।

शव गाउँपालिका–१ झापुटारस्थित नदी किनारमा भेटिएको हो । थापालाई नदीले बगाएर बेपत्ता बनाएपछि स्थानीय र प्रहरीले खोजी गरेका थिए । शव हाल दमौली अस्पतालमा राखिएको छ । (रासस)