५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


विराटनगरमा निर्वाचन अधिकृतहरुका लागि प्रशिक्षण


0
Shares

दोस्रो चरणको निर्वाचनका लागि आजबाट निर्वाचनमा खटिएका अधिकृतहरुलाई निर्वाचनको पूर्व तयारीसम्बन्धी एक दिने प्रशिक्षण आयोजना गरिएको हो ।

निर्वाचन आयोगले गरेको प्रशिक्षणमा एक र दुई नम्बर प्रदेशअन्तर्गतका १६ जिल्लाका ६२ जना निर्वाचन अधिकृत सहभागी छन् ।

निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन लक्षित गरी यसअघि पनि १ र दुई नम्बर प्रदेशका मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन ब्यवस्थापन तथा सञ्चालनसम्बन्धी प्रशिक्षण दिएको थियो ।