
मंगलबार दिउँसो ३ बजेसम्म काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य अग्रस्थानमा छन् । उनले ३८ हजार २ सय ६६ मत प्राप्त गरेका छन् ।
उनलाई नेपाली कांग्रेसका राजुराज जोशीले २७ हजार ५ सय ५७ मत ल्याएर पछ्याइरहेका छन् भने विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले १४ हजार २ सय ५२ मत ल्याएर तेस्रो स्थानमा छिन् ।
ललितपुर महानगरपालिकाको प्रमुखमा भने नेपाली कांग्रेसका चिरीबाबु महर्जनले अग्रता लिएका छन् । उनले २३ हजार ५ सय ३९ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले २३ हजार ३ सय ६० मत प्राप्त गरेका छन् ।
भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली २५ हजार ८ सय ७७ मतसहित पहिलो स्थानमै रहँदा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल २२ हजार १०६ मतसहित दोस्रो स्थानमा छिन् ।
पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुखमा पनि नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसी पहिलो स्थानमा छन् । उनले २८ हजार ८ सय ५९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरले २४ हजार ६ सय ६५ मत प्राप्त गरेका छन् ।
हेटौंडा उपमहानगरपालिकामा भने एमाले र कांग्रेसको रस्साकस्सी देखिएको छ । अहिलेसम्मको मतगणनामा नेपाली कांग्रेसका आनन्दराम पराजुलीले १९ हजार ४ सय ९६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, नेकपा एमालेका हरिबहादुर महतले १९ हजार ४ सय ९६ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्