‘निर्वाचनको मिति घोषणापछि स्थानीय तहको संख्या थप्नु विधिसम्मत् होइन’ « Image Khabar


‘निर्वाचनको मिति घोषणापछि स्थानीय तहको संख्या थप्नु विधिसम्मत् होइन’


Imagekhabar
९ जेष्ठ २०७४, मंगलवार १८:५८

मंगलबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा आयुक्त शर्माले सैद्धान्तिक हिसाबले पनि निर्वाचनको मिति घोषणा भइसकेपछि स्थानीय तहको संख्या थप्नु उपयुक्त नहुने धारणा राखिन् ।

सरकारको निर्णयले निर्वाचनमा चुनौती थपिएको भन्दै उनले असाधारण अवस्थामा आयोगले असाधारण क्षमता प्रदर्शन गर्ने बताइन् ।

आयोगका सहसचिव नवराज ढकालले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि जेठ १५ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय सन्चालनमा आउने बताउँदै जेठ २८, २९ र ३० गते मतदान केन्द्रबाट मतदाता नामावली परिचयपत्र वितरण गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्