
वडा नम्बर–१७ को वडाध्यक्षमा एमालेका तीर्थ अधिकारीले तीन हजार ४६ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पुण्डरी बरालले एक हजार ७८३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, एमालेबाटै महिला सदस्यमा शान्तादेवी गुरुङ, दलित महिला सदस्यमा तारा परियार र खुला सदस्यमा राधिकाकुमारी शाही र बैकुण्ठ भण्डारी निर्वाचित भएका छन् ।
यसैगरी वडा नम्बर–१९ को वडाध्यक्षमा एमालेकै शोभामोहन पौडेलले दुई हजार ४८३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका पुष्पेन्द्र पाण्डेले एक हजार ९६० मत प्राप्त गरेका छन् ।
सो वडाको महिला सदस्यमा एमालेकै कोपिला केसी, दलित महिला सदस्यमा तारा परियार, खुला सदस्यमा कोमलप्रसाद शर्मा र कृष्णप्रसाद गौतम निर्वाचित भएका छन् ।
महानगरका २० ओटा वडाको मतगणना सकिँदासम्म महानगरप्रमुखमा एमालेका मानबहादुर जिसीले ३४ हजार १२७, कांग्रेसका रामजी कुँवरले २७ हजार ८३२, उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले ३२ हजार २३५ र कांग्रेसकी सरस्वती गुरुङले २६ हजार २५९ मत प्राप्त गरेका छन् ।
अहिले २१, २२, २३ र २४ वडाको मतगणना भइरहेको छ । महानगरमा ३३ वडा छन् । रासस
प्रतिक्रिया दिनुहोस्