
चितवन, माघ २९ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको शिक्षा बजारकेन्द्रित हुँदै गएको बताएका छन् ।
मंगलबार चितवनको भरतपुरस्थित लक्ष्मी माविको ५५औं वार्षिकोत्सव कार्यक्रममा उनले सरकारले सबै क्षेत्रमा समानरूपमा शैक्षिक विकास गर्नुपर्ने धारणा राखे ।
पूर्वराष्ट्रपति डा. यादवले सरकारले शिक्षा क्षेत्रमा लगानी गरे पनि उच्च पहाडी र तराई क्षेत्रमा समान विकास हुन नसकेको बताए ।
अहिले स्थीर सरकार भएकाले तीनै तहमा संविधान पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्