५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


मत गणना अन्तिम चरणमा, एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा


0
Shares

अहिलेसम्म घोषित २ सय ७७ स्थानको मतपरिणाम अनुसार नेकपा एमालेले १ सय २० स्थानमा जित हासिल गरेको छ ।

यसैगरी नेपाली कांग्रेसले १ सय ४ स्थानमा जित हात पार्दा माओवादी केन्द्रले ४६ स्थानमा जीत दर्ता गरेको छ ।

नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँशक्तिले एक/एक स्थानमा जीत हात पारेका छन् । त्यसैगरी तीन वटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

परिणाम अनुसार नेकपा एमालेले नगरपालिकाको प्रमुखमा ४५ स्थान र गाउँपालिकाको प्रमुखमा ७५ स्थान जितेको छ । नेपाली कांग्रेसले नगरपालिकाको प्रमुखमा २९ स्थान र गाउँपालिकाको ७५ स्थान जितेको छ ।

माओवादी केन्द्रले नगरपालिकाको प्रमुखमा ९ स्थान र गाउँपालिकाको ३७ स्थान जितेको छ ।

अब काठमाडौं, भरतपुर र पोखरा–लेखनाथ महानगरपालिका तथा हेटौंडा उपमहानगरपालिकाको मतपरिणाम आउन बाँकी छ ।

त्यसैगरी भक्तपुरको चाँगुनारायण नगरपालिका र दोलखाको मेलुङ गाउँपालिकाको नतिजा पनि आउन बाँकी छ ।