
काठमाडौं, माघ २९ । काठमाडौं महानगरपालिका–७, गौरीघाटको मैंजुबहालस्थित सडकमा मंगलबार बिहान मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–७, गौरीघाट, मैंजुबहालका २४ वर्षीय पारस थपलिया रहेका छन् ।
बा६८प १०७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकमा पल्टिँदा दुर्घटना भइ गम्भीर घाइते भएका थपलियाको दीर्घायु अस्पताल चाबहिलमा उपचारकाक्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
धनमाल चोरी
यसैबीच, काठमाडौं महानगरपालिका–३०, रातोपुल बस्ने इन्दिरा ढकालको घरबाट मंगलबार बिहान अन्दाजी एक तोला सुन, १५० तोला चाँदी र नगद रु ३० हजार गरी करिब रु दुई लाख ५० हजार बराबरको धनमाल चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्ति फरार रहेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्