३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


प्रधानमन्त्रीले आज देशबासीका नाममा सम्बोधन गर्ने, राजीनामा समेत आउनसक्ने


0
Shares

प्रधानमन्त्री दाहालले आफ्ना सम्बोधनका क्रममा पदबाट राजीनामा घोषणा गर्नसक्ने बताइएको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनमा प्रधानमन्त्री बनेका दाहालले सोही समझदारी अनुसार पदबाट राजीनामा दिन लागेका हुन् ।

कांग्रेस-माओवादी केन्द्रको गठबन्धन बन्दा स्थानीय निर्वाचन दाहाल नेतृत्वको सरकारले गराउने र कांग्रेस सभापति शेरबहादुर देउवालाई पद हस्तान्तरण गर्ने सहमति भएको थियो ।

चैतमा स्थानीय निर्वाचन सम्पन्न गर्ने र त्यसपछि देउवालाई पद हस्तान्तरण गर्ने सहमति दुई दलबीच बनेपनि स्थानीय निर्वाचन नै पछाडी धकेलिएपछि पहिलो चरणको निर्वाचन गराएपछि प्रधानमन्त्री दाहालले पदबाट राजिनामा दिएर देउवालाई प्रधानमन्त्री बन्ने बाटो सहज बनाइदिन लागेका हुन् ।

दुई दलको सहमति अनुसार देउवाको नेतृत्वमा अब स्थानीय तहको दोस्रो चरणको निर्वाचन एवं प्रदेश र संघीय संसदको निर्वाचन हुनेछ ।

सम्बोधनमा प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा गरिएका महत्वपूर्ण उपलब्धिहरु पनि उल्लेख गर्नेछन् ।

प्रधानमन्त्रीले संसदको बैठकलाई सम्बोधन गरेर आफ्ना भनाइ राख्ने र राजीनामा गर्ने तयारी गरे पनि एमालेले संसद बैठक चल्नै नदिएपछि सिंहदरवारबाटै राष्ट्रका नाममा संबोधन गर्न लागेका हुन् ।