५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


कांग्रेस पाल्पाले उम्मेदवारकोे टुंगो लगायो


0
Shares

दुई नगरपालिका र ८ गाउँपालिका रहेको यो जिल्लामा आउँदो जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले उम्मेदवार छनोट गरी प्रचार–प्रसारलाई तीव्रता दिन थालेको छ ।

तानसेन नगरपालिकाको नगरप्रमुखमा अजयमान कर्माचार्य र उपप्रमुखमा लालकुमारी राना, रामपुर नगरपालिकाको प्रमुखमा रमणबहादुर थापा र उपप्रमुखमा विष्णुदेवी घिमिरे आचार्यलाई कांग्रेसले सर्वसहमतिमा उम्मेदवार छनोट गरेको हो ।

गाउँपालिकातर्फ निस्दी गाउँपालिकाका अध्यक्ष पदमा शालिकराम पाण्डेय, उपाध्यक्षमा राममाया सोमै, रम्भा गाउँपालिकाको अध्यक्षमा अशोक फाल, उपाध्यक्षमा विष्णु सिञ्जाली, बगनासकाली गाउँपालिकाको अध्यक्षमा कृष्ण बस्याल, उपाध्यक्षमा पेमा चिदी र माथागढी गाउँपालिकाको अध्यक्षमा सन्तोष थापा तथा उपाध्यक्षमा निर्मला भट्टराईलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, पूर्वखोला गाउँपालिकाको अध्यक्षमा झमनराज मगर, उपाध्यक्षमा पुष्पा गाह, रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा रामबहादुर कार्की, उपाध्यक्षमा चेतना थापा, तिनाहुँ गाउँपालिकाको अध्यक्षमा महेन्द्र पाण्डे, उपाध्यक्षमा मनु कार्की र रिब्दिकोट गाउँपालिकाको अध्यक्षमा गोविन्दबहादुर आचार्य र उपाध्यक्षमा कमला छहरीलाई सर्वसहमतिमा उम्मेदवार छनोट गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव झपेन्द्र गहिरेले जानकारी दिए । रासस