२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


हेटौंडा–९ र १० मा एमाले विजयी


0
Shares

वडा नम्बर–९ को वडाध्यक्षमा एमालेका लक्ष्मणप्रसाद भण्डारी एक हजार ६७० मत ल्याइ विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वराज नेपालले ७९१ मत प्राप्त गरे । सो वडामा एमालेको पुरै समूह विजयी भएको छ ।

यस्तै, सो उपमहानगरपालिकाको वडा नम्बर–१० को वडाध्यक्षमा पनि एमालेका कितापसिंह लामा ४८० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कालु घलानले ४८० मत प्राप्त गरे ।

हेटौंडा उपमहानगरपालिकाको १९ मध्ये १८ ओटा वडाको मतगणना सकिएको छ । अहिले वडा नम्बर–११ को मतगणना जारी छ ।

पछिल्लो मतपरिणामअनुसार नगरप्रमुखमा एमालेका हरिबहादुर महतले २१ हजार ५९३ तथा कांग्रेसका आनन्दराम पराजुलीले २१ हजार ८८ मत प्राप्त गरेका छन् ।

यस्तै, उपप्रमुखमा एमालेकी मीना लामाले २१ हजार ७९० तथा माओवादी केन्द्रका बलराम बलले १५ हजार ९०२ मत प्राप्त गरेका छन् । रासस