काठमाडौं, भरतपुर र पोखरामा कसको कति मतको अग्रता ? « Image Khabar


काठमाडौं, भरतपुर र पोखरामा कसको कति मतको अग्रता ?


Imagekhabar
१० जेष्ठ २०७४, बुधबार १५:३१

गणना भइरहेको चारै स्थानमा एमालेका उम्मेदवारहरु अगाडि छन् ।

पछिल्लो गणनाअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ४५ हजार ८ सय ५५ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका राजुराज जोशीले ३२ हजार ३३ मत प्राप्त गरी दोस्रो स्थानमा छन् ।

तेस्रो स्थानमा रहेकी विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले १६ हजार ६ सय ९ मत प्राप्त गरेकी छन् ।

भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली २८ हजार ४ सय ४० मतसहित अग्रस्थानमा छन् । उनलाई माओवादी केन्द्रकी रेणु दाहालले २५ हजार ९ सय ५६ मत ल्याएर पछ्याइरहेकी छन् ।

पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुखमा पनि नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसी ४३ हजार ५ सय १० मतसहित पहिलो स्थानमा छन् भने कांग्रेस उम्मेदवार रामजी कुँवरले ३४ हजार ९३ मत प्राप्त गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा पनि एमालेका हरिबहादुर महत २२ हजार ३७ मतसहित अग्रस्थानमा छन् । कांग्रेसका आनन्दराम पराजुलीले २१ हजार ४६८ मत ल्याएर पछ्याइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्