
गणना भइरहेको चारै स्थानमा एमालेका उम्मेदवारहरु अगाडि छन् ।
पछिल्लो गणनाअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ४५ हजार ८ सय ५५ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका राजुराज जोशीले ३२ हजार ३३ मत प्राप्त गरी दोस्रो स्थानमा छन् ।
तेस्रो स्थानमा रहेकी विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले १६ हजार ६ सय ९ मत प्राप्त गरेकी छन् ।
भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली २८ हजार ४ सय ४० मतसहित अग्रस्थानमा छन् । उनलाई माओवादी केन्द्रकी रेणु दाहालले २५ हजार ९ सय ५६ मत ल्याएर पछ्याइरहेकी छन् ।
पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुखमा पनि नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसी ४३ हजार ५ सय १० मतसहित पहिलो स्थानमा छन् भने कांग्रेस उम्मेदवार रामजी कुँवरले ३४ हजार ९३ मत प्राप्त गरेका छन् ।
हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा पनि एमालेका हरिबहादुर महत २२ हजार ३७ मतसहित अग्रस्थानमा छन् । कांग्रेसका आनन्दराम पराजुलीले २१ हजार ४६८ मत ल्याएर पछ्याइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्