५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


पोखरा–लेखनाथ–२४ र २५ मा एमाले, २३ मा कांग्रेस र २२ मा मिश्रित परिणाम


0
Shares

वडा नम्बर–२४ को वडाध्यक्षमा नेकपा एमालेका ओम गुरुङले १५८० मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतबहादुर थापाले १४१९ मत ल्याएका छन् ।

त्यस्तै, महिला सदस्यमा सन्तुदेवी सुवेदी, दलित महिला सदस्यमा मीना नेपाली, खुला सदस्यमा शोभनाथ भट्टराई र अग्निधर त्रिपाठी निर्वाचित भएका छन् ।

यसैगरी, वडा नम्बर–२५ को वडाध्यक्षमा नेकपा एमालेकै शोभाकर तिमिल्सिना २१६५ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दानबहादुर थापाले एक हजार ९३ मत पाएका छन् ।

वडाको महिला सदस्यमा लक्ष्मी अधिकारी, दलित महिला सदस्यमा तारा विश्वकर्मा, खुला सदस्यहरुमा दलबहादुर कँुवर र जीतबहादुर कार्की निर्वाचित भएका छन् ।

यस्तै, वडा नम्बर–२३ को वडाध्यक्षमा नेपाली कांग्रेसका विष्णुप्रसाद पराजुली एक हजार ५८ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका दानबहादुर विकले ८०१ मत ल्याएका छन् ।

त्यस्तै, महिला सदस्यमा कांग्रेसकै गीताकुमारी क्षेत्री, दलित महिला सदस्यमा यमकुमारी सुनार, खुला सदस्यमा दुर्गाबहादुर घले र भरतराज भण्डारी निर्वाचित भएका छन् ।

यसरी नै वडा नम्बर–२२ को वडाध्यक्षमा नेकपा एमालेका मित्रलाल बरालले एक हजार ४३० मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशोक गुरुङले एक हजार ३९८ मत ल्याएका छन् ।

यसैगरी, महिला सदस्यमा कांग्रेसकी ओमकुमारी गुरुङ, खुला सदस्यमा कांग्रेसकै मातृका बराल, खुला सदस्यमा एमालेका ओमप्रसाद गुरुङ र दलित महिला सदस्यमा एमालेकै सीता विक कामी निर्वाचित भएका छन् ।

महानगरको २५ ओटा वडाको मतगणना सकिँदासम्म महानगर प्रमुखमा नेकपा एमालेका मानबहादुर जिसीले ४० हजार ३३०, नेपाली कांग्रेसका रामजी कुँवरले ३१ हजार ३७०, उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ३८ हजार ५२० र नेपाली कांग्रेसकी सरस्वती गुरुङले २९ हजार ५७ मत पाएका छन् ।

बुधबार दिउँसोसम्म ६४ प्रतिशत मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

३३ ओटा भएको महानगरमा एक लाख २६ हजार मत खसेकामा ८० हजार मतको गणना सकिएको छ । रासस