२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


नयाँ दिल्लीस्थित एक होटलमा आगलागी, १७ जनाको मृत्यु


0
Shares

नयाँ दिल्ली, माघ २९ । भारतको राजधानी नयाँ दिल्लीस्थित करोल बाग क्षेत्रमा मंगलबार बिहानै एउटा होटलमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

आगो कसरी लाग्यो भन्ने प्रष्ट हुन नसकेको अधिकारीहरु बताउँछन् ।

होटल अर्पित प्यालेसमा बिहान करिब साढे चार बजे आगो लागेको हो । आगो नियन्त्रणमा लिन २० भन्दा बढी दमकल प्रयोग गरिएको थियो । उद्धारकर्मीले होटलबाट ३५ जनाभन्दा बढीलाई सुरक्षित रुपमा बाहिर निकालेका थिए ।

आगलागीमा परी केही घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । (एजेन्सी)