
कपिलवस्तु, माघ २९ । प्राचीन कपिलवस्तुको तिलौराकोटस्थित कपिलवस्तु संग्रहालय प्रचार प्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको छ ।
पाँच दशकअघि स्थापना भएको यो संग्रहालयको प्रचार प्रसार नहुँदा ओझेलमा परेको हो । संग्रहायलको पुरानो भवन जीर्ण भएपछि अहिले नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा पुगको छ ।
प्राचीन कपिलवस्तुस्थित बुद्धको क्रिडास्थलकारुपमा मानिएको तिलौराकोटमा बर्सेनि ३८ हजारभन्दा बढी पर्यटकले भ्रमण गर्ने गर्छन् । तर तिलौराकोटदेखि १०० मिटर छेउमै रहेको कपिलवस्तु संग्रहालयमा भने न्यून संख्यामा मात्र पर्यटक पुग्ने गरेका छन् ।
यो संग्रहालयमा यस क्षेत्रमा उत्खनन् तथा अन्वेषण गर्दा प्राप्त भएका पुरातात्विक वस्तु संरक्षण गरेर राखिएको छ । संग्रहालयमा विशेषगरी ८ औं र ५ औं शताब्दीका बहुमूल्य वस्तु राखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्