Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


काठमाडौं महानगरपालिकामा १६ हजार मतले एमालेका शाक्य अगाडि


0
Shares

३२ वडा रहेको यस महानगरमा २५ वडाको नतिजा सार्वजनिक भइसक्दा प्रमुख पदमा एमाले पहिलो र दोस्रोमा प्रमुख पदका उम्मेदवार काँग्रेसका राजुराज जोशीले ३८ हजार ७३८ मत प्राप्त गरेका छन् ।

विवेकशीलका रञ्जु दर्शनाले २० हजार १९५ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले १५ हजार ६८९ र नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डङ्गोलले ६ हजार ३९८ प्राप्त गरेका छन् ।

त्यसैगरी, उपप्रमुख पदका लागि कांग्रेसका उम्मेदवार हरिप्रभा खड्गीले अग्रता कायम गरिरहेकी छन् । उनले हालसम्ममा ५० हजार ३८५, राप्रपाका राजाराम श्रेष्ठले २९ हजार ८२९, माओवादी केन्द्रका सुशीला पौडेलले आठ हजार ५६३, साझा पार्टीका निरुपमा यादवले नौ हजार ९७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।

एक लाख ७२ हजार ६८३ मत खसेकोमा हालसम्म एकलाख ६७ हजार १४१ मत गणना भइसकेको छ । अहिलेसम्म १४ वडामा एमाले र ११ वडामा कांग्रेसले जित हासिल गरेको छ । (रासस)