
ताप्लेजुङमा माओवादी केन्द्रले आफ्ना उम्मेदवार घोषणा गरेर गाउँगाउँमा भोट माग्न पठाइसक्दा नेपाली कांग्रेस र नेकपा एमाले भने उम्मेदवार छनोट गर्नमै व्यस्त छन्
स्थानीय तहको निर्वाचनमा ताप्लेजुङबाट ७० हजारभन्दा बढी मतदाताले मतदान गर्न पाउने भएका छन् । ताप्लेजुङमा मतदाताको संख्या ७० हजार ७ सय ७८ पुगेको जिल्ला निर्वाचन कार्यालय, ताप्लेजुङ प्रमुख गणेश अधिकारीले जानकारी दिए ।
एक नगरपालिका र आठवटा गाउँपालिका रहेको ताप्लेजुङमा निर्वाचनका लागि ७३ वटा मतदानस्थल कायम गरिएका छन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्