
पछिल्लो मतगणनाअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ५७ हजार ८१ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले ४० हजार १० मत प्राप्त गरी दोस्रो स्थानमा छन् ।
तेस्रो स्थानमा रहेकी विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले २० हजार ८०० मत प्राप्त गरेकी छन् ।
यस्तै, भरतपुर महानगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार देवी ज्ञवाली ३४ हजार ४९१ मतसहित अग्रस्थानमा छन् । उनलाई माओवादी केन्द्रकी रेणु दाहालले ३२ हजार ९४२ मत ल्याएर पछ्याइरहेकी छन् ।
प्रतिक्रिया दिनुहोस्