
जसमा ११ नम्बर वडाको अध्यक्ष पदमा नेपाली कांग्रेसका हीरालाल तण्डुकार एक हजार १८० मत प्राप्त गरी विजय भएका छन् ।
त्यस्तै, महिला सदस्यमा आशा श्रेष्ठ रौनीयार, दलित महिला सदस्य यशोमती परियार, खुला सदस्यमा दिनेश राउत क्षेत्री र सरोजकुमार मुल्मीले विजय हासिल गरेका छन् ।
वडा नम्बर–१२ मा एमाले विजयी
वडा नम्बर–१२ को मतपरिणाम पनि मिश्रित ढंगबाट आएको छ । वडाध्यक्षमा एमालेको तर्फबाट विकास डंगोल एक हजार ६७० मत ल्याएर विजय भएका छन् ।
त्यस्तै, महिला सदस्यमा नेपाली कांग्रसका उम्मेदवार नानीहिरा डंगोल, दलित महिला सदस्य उसीला सिंह विजयी भएका छन् ।
खुला सदस्यमा एमालेका उम्मेदवार रत्नकाजी महर्जन र कांग्रेसका पुष्परत्न प्रजापतिले विजय हासिल गरेका छन् ।
हालसम्म कामपाको ३२ वडामध्ये २७ वडाको मतपरिणाम सार्वजनिक भएको छ । जसमा एमालेले १५ र नेपाली कांग्रेसले १२ वडामा जित हासिल गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्