
शुक्रबार साँझ साढे ६ बजेसम्मको मतगणनाअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ५७ हजार ४ सय ७३ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले ४० हजार २ सय ६१ मत प्राप्त गरी दोस्रो स्थानमा छन् ।
तेस्रो स्थानमा रहेकी विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले २० हजार ८७९ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले १६ हजार १७६ मत प्राप्त गरेका छन् ।
यस्तै, भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली ३५ हजार ८ सय ९ मतसहित अग्रस्थानमा छन् । उनलाई माओवादी केन्द्रकी रेणु दाहालले ३४ हजार ६७ मत ल्याएर पछ्याइरहेकी छन् ।
प्रतिक्रिया दिनुहोस्