
फाइल फोटो
प्रेस चौतारी नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको उपत्यकास्तरीय भेलामा उनले पहिलो चरणको स्थानीय तह निर्वाचनको परिणामले नेपाली कांग्रेस र माओवादी वा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचका तालमेललाई जनताले अनुमोदन नगरेको जनाउँदै एमाले र माओवादीबीचको तालमेल तुलनात्मकरुपमा सफल भएको उल्लेख गरे ।
नेता भट्टराईले भने–‘एमाले र माओवादीबीच लमजुङ र बाग्लुङमा भएका तालमेल सफल भएका छन् र अन्य ठाउँमा भएका अन्य पार्टीबीचका तालमेललाई जनताले अप्राकृतिक ठहर गरेका छन् ।’
कार्यक्रममा एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापा, सचिव विष्णु रिजाल र चौतारीका अध्यक्ष गणेश बस्नेतले निर्वाचन प्रचारकाबारेमा जानकारी गराएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्